 
																			१८ चैत,विराटनगर। काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन लोकतन्त्रमाथिको प्रहार भएको कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले बताएका छन् ।
विराटनगरमा आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले तीनकुनेको घटना सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।
उनले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या पनि सुनियोजित भएको देखिएको बताए ।
पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकारको सुरक्षाका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने उनले बताए ।
शुक्रबार राजावादी समूहले तीनकुने क्षेत्रमा आगजनी, तोडफोड तथा लुटपाट मच्चाएको थियो । त्यस क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4