 
																			१८ चैत, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट प्रहरीले २३५ किलो लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा लोड गरेर राखिएको मिनी ट्रकसँगै प्रहरीले त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ पौने ७ बजे बीपी राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनीट्रकमा गाँजा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई कालो त्रिपालले ढाकेर लुकाइएको अवस्थामा गाँजा पाइएको थियो ।
२३५ किलो गाँजा २० वटा पोकामा रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए । मिनीट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोले छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको डीएसपी जयसवारले बताए ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4