+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : सोबिता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १५:०५

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले संसद्को हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छिन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाको बुझाइमा चुनौतिपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाइन् ।

कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महसुस आफूहरूले नगरेको उनले बताइन् ।

‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतिपूर्ण हामीले देख्यौँ । कानुन निर्माणका केही प्रक्रियारूरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महसुस भयो । अन्यथा धेरै विषयहरू अलि नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने बुझाइ छ ,’ गौतमले भनिन् ।

रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महसुस गरेको उनको भनाइ थियो ।

‘हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रिया हामीले अलिकति नियन्त्रण महसुस गरिरहेका हौं,’ उनले भनिन्, ‘त्यसकारण संसदको गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतिपूर्ण, नियन्त्रणमुखी भएको महसुस गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?