+

अस्ट्रेलियामा दुई नेपाली तेकवान्दो खेलाडीलाई रजत

२०८१ चैत  २३ गते १५:२८ २०८१ चैत २३ गते १५:२८
अस्ट्रेलियामा दुई नेपाली तेकवान्दो खेलाडीलाई रजत

२३ चैत, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा जारी पाँचौं ग्लोबल खुल्ला ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी सस्मन बस्नेत र गयाजी खड्काले दुई रजत पदक जितेका छन्।

सस्मन बस्नेतले थर्ड डिग्री व्यक्तिगत प्याट्रनमा सेमीफाइनलमा अस्ट्रेलियन खेलाडीलाई पराजित गरे पनि फाइनलमा जोन वुलरसँग हार्दै रजत जिते। व्यक्तिगत स्पारिङ तर्फ ७५ केजीमा भने पहिलो खेलमै पराजित भए।

गयाजी खड़काले ५५ केजी स्पारिङको फाइनलमा न्यूजील्याण्डका खेलाडीसँग हार्दै रजत जिते भने फोर्थ डिग्री प्याट्रनमा पहिलो खेलमै पराजित भए।

टिम कोच मास्टर लक्ष्मण बस्नेतले खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको बताएका छन्। प्रतियोगितामा रोजन पण्डित टिम व्यवस्थापक र सस्मिनी बस्नेत पण्डित अम्पायरको भूमिकामा थिए।

सस्मन र सस्मिनी बस्नेत क्रमशः मास्टर लक्ष्मण बस्नेतका छोरा र छोरी हुन्। एउटै परिवारका तीन सदस्यले विभिन्न भूमिकामा सहभागी भई अन्तर्राष्ट्रिय स्तरमा सफल प्रदर्शन गरेका छन्।

तेक्वान्दो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय