२६ चैत, काठमाडौं । अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा गरेका छन्। पटक–पटकको टाउको चोट (कन्कसन) का कारण उनले यस्तो निर्णय लिनुपरेको बताएका छन्।
पछिल्लो पटक २०२४ को मार्चमा शेफिल्ड शिल्डको खेलमा राइली मेरीडिथको बाउन्सरले हिर्काउँदा उनी घाइते भएका थिए। त्यसपछि स्वास्थ्य समस्या बढ्दै गएपछि उनले यस निर्णय लिएका हुन्।
‘अब म फेरि कहिल्यै क्रिकेट खेल्नेछैन’ पुकोभ्स्कीले एसइएन रेडियोलाई बताएका छन्, ‘यो वर्ष निकै कठिन रह्यो। टाउकोको चोटपछि सामान्य जीवन चलाउन पनि गाह्रो भयो। केही महिना हिँड्न पनि गाह्रो भयो, सुतिरहन्थें, घरका काममा हात हाल्न सक्दिनथेँ।’
चिकित्सकको टोलीले पनि उनलाई खेल जीवन अन्त्य गर्न सुझाव दिएका थिए। ‘मैले निर्णय तब मात्रै गर्न चाहन्थें जब म लक्षणमुक्त हुन्थें, तर सुधार भएन’, उनले भने।
पुकोभ्स्कीले बताएअनुसार टाउकोको चोटले उनको मानसिक स्वास्थ्य, थकान, टाउको दुख्ने समस्या, र शरीरको बायाँ भागमा असहजता ल्याएको छ। ‘बाँयापट्टि केही भए चक्कर लाग्छ, वाकवाकी लाग्छ’ उनले भने, ‘२७ वर्षको उमेरमा अझ धेरै कुराहरु गर्नु थियो, तर स्वास्थ्यले खेल जीवन सकियो।’
२०२१ मा भारतविरुद्ध एससीजीमा आफ्नो एकमात्र टेस्ट खेलेका पुकोभ्स्कीलाई अष्ट्रेलियाको भविष्यको स्टार मानिन्थ्यो। ‘१०० टेस्ट खेल्ने सपना थियो, तर १ टेस्टमै अन्त्य भयो’ उनले भावुक हुँदै भने।
उनको यो निर्णयले क्रिकेटप्रेमीहरु भावुक बनेका छन्, तर धेरैले उनको स्वास्थ्यलाई प्राथमिकता दिएको सही निर्णय मानेका छन्।
-एजेन्सीबाट
 
                    










 २०८१ चैत  २६ गते ९:३५
                        २०८१ चैत  २६ गते ९:३५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4