+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेस बाहेकका दलहरूमा आफ्नै अर्थनीति छैन : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १५:२५

३० चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले नै गरिरहेको जिकिर गरे ।

‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो । आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन,’ मन्त्री पौडेलले भने, ‘कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् ।’

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको उल्लेख गर्दै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको जिकिर गरे ।

‘सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ ? भारतको संसद नेपालको जस्तो छ ?,’ मन्त्री पौडेलले थप प्रश्न गरे, ‘आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’

फरक प्रसंगमा उनले सांसदको संख्या २ सय ७५ बाट घटनाएर २ सय १ बजाउनुपर्ने आवश्यकता रहेको बताए । प्रदेश सभाको सांसद संख्या पनि आधा घटाउनुपर्ने उनको प्रस्ताव थियो ।

पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने र संघीय मन्त्रिपरिषद्को संख्या घटनाएर १५ मा झाुनपर्ने भनाइ राखे ।

राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?