+

भर्जिल भान डाइक सन् २०२७ सम्म लिभरपुलमै रहने

२०८२ वैशाख  ४ गते १६:१४ २०८२ वैशाख ४ गते १६:१४
भर्जिल भान डाइक सन् २०२७ सम्म लिभरपुलमै रहने

४ वैशाख, काठमाडौं । डच डिफेन्डर एवम् लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँग नयाँ दुईवर्षे सम्झौता गर्दै आफ्नो भविष्यको बारेमा चलिरहेको सबै अड्कललाई अन्त्य गरेका छन्।

उनी अब सन् २०२७ को समरसम्म क्लबमा रहनेछन्। सिजनको सुरुवातमा भान डाइक महत्त्वपूर्ण खेलाडीमध्येका एक थिए, जससँगको सम्झौता यो सिजनपछि समाप्त हुँदै थियो। अब भने लिभरपुलका समर्थकहरूले राहतको सास फेरेका छन्।

रिपोर्टअनुसार उनको नयाँ तलब अब प्रति हप्ता ३ लाख ८५ हजार पाउण्ड  हुनेछ । सम्झौता २०२७ सम्म कायम हुनेछ भने उनले त्यसपछिपनि क्लबमै बस्ने इच्छा देखाएका छन्।

भान डाइक सन् २०१८ को जनवरीमा लिभरपुलमा प्रवेश गरेका थिए र हालसम्म ३१४ पटक क्लबको प्रतिनिधित्व गरिसकेका छन् । केही दिनअघि अर्का स्टार खेलाडी मोहम्मद सालाहले पनि दुईवर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कप्तानको रूपमा भान डाइक अब आफ्नो ध्यान क्लबलाई प्रिमियर लिग उपाधि दिलाउनेतर्फ केन्द्रित गर्न सक्छन् – जुन कुनै डच खेलाडीका लागि पहिलो हुनेछ।

ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको भविष्य अझै अस्पष्ट भए पनि, कम्तिमा भान डाइकको विषयमा भने अब प्रश्न उठ्ने छैन।

भर्जिल भान डाइक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय