६ वैशाख, काठमाडौं । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउँदै जारी लुम्बिनी कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबले आफ्नो स्थान बनाएको छ ।
बाँकेको नपालगञ्ज रंगशालामा शनिबार दिउँसो भएको खेलमा जित निकालेसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल आगामी वैशख ९ गते हुँदैछ । उद्घाटन देलमा सुदूरपश्चि प्रद्येश फुटबल संघलाई हराउँदै यसअघि नै आर्मी क्बल सेमिफाइनलमा पुगिसकेको छ ।
अब आर्मी र पुलिस क्लबबीच फाइनलमा पुग्नका लागि खेल हुनेछ ।
शनिबारको खेलमा पुलिस क्लबकी निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरे ।
पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समिक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो ।
खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन् ।
भोलि आइतबार अपरान्ह ४ बजे हुने खेलमा बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
 
                    










 २०८२ वैशाख  ६ गते २२:११
                        २०८२ वैशाख  ६ गते २२:११                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4