+
+
Shares

रुपन्देहीको दानव नदीमा बेपत्ता ३ मध्ये एकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते २०:३३

८ वैशाख, काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता ३ मध्ये एक जनाको शव फेला परेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएका थिए ।

सो मध्ये १४ वर्षीय राज यादवको शव फेला परेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार १३ वर्षीय उमेश यादव, १२ वर्षीय मुनु हरिजन भने डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता दुई जनाको मंगलबार बिहानैदेखि खोजी कार्य गरिने डीएसपी थापाले बताए ।

घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज परिचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?