१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको निम्तो दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको योजनासहित अर्कोपटक नेपाल आउन निम्ता दिएका हुन् ।
‘भेटको क्रममा प्रधानमन्त्रीले माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणको योजना बनाउन निम्तो दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘जवाफमा कार्लोसले नेपालमा न्यानो माया पाएको भन्दै समय व्यवस्थापन गर्न सके अर्कोपटक पनि नेपाल आउन चाहने बताउनुभयो ।’
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्ने पनि बताएका थिए ।
कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न मंगलबार काठमाडौं आएका हुन् । उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायरमा धनगढी र पोखराबीच हुने खेल हेर्नेछन् ।
 
                    










 २०८२ वैशाख  १० गते १४:४०
                        २०८२ वैशाख  १० गते १४:४०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4