१० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र पोखरा थण्डर्सबीचको क्वालिफायर टू म्याच हेर्न दशरथ रंगशालमा उपस्थित भएका ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसले दशरथ रंगशालमा फ्रि-किक हानेका छन् ।
उनले खेलको हाफ टाइममा फ्रि-किक हानेका हुन् । नेपाली गोलकिपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए ।
कार्लोसको पहिलो प्रहार समितले बचाए भने दुई प्रहारमा गोल पनि गरे । उनको केही प्रहार बाहिरिएको थियो ।
प्रतिक्रिया 4