 
																			१२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मको लागि स्थगित भएको छ ।
शुक्रबार अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले सम्बोधन गरे । बजेट अधिवेशन भएता पनि कानुन निर्माणलाई जोड दिनुपर्ने बताए । यस निम्ति आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।
अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।
अधिवेशन अन्तर्गत गरिने कामकारबाही अन्तर्गत प्रतिनिधि सभाले पाक्षिक क्यालेन्डर समेत तयार पारेको छ ।
क्यालेन्डर अनुसार अबको बैठक वैशाख १४ र १५ गते बस्नेछ । त्यसपछि अर्को बैठक १६ गते बस्नेछ । त्यसपछि बस्ने वैशाख १९ गतेको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ गते प्रतिनिधि सभाका बैठक बस्नेछन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले वैशाख २८ गते दिनेछन् । २८ गतेबाट नै प्रीबजेट छलफल सुरु हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4