+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
चिया दिवस :

९ महिनामा साढे ३ अर्ब बढीको चिया निर्यात, घटेन आयात

२९औं चिया दिवसका अवसरमा बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आव अन्तिमसम्म ४ अर्ब ५० करोड रुपैयाँको निर्यात हुने अनुमान छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८२ वैशाख १५ गते १८:३०

१५ वैशाख, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ३ अर्ब ६३ करोड रुपैयाँको चिया निर्यात गरेको छ । नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार नेपालले उक्त रकम बराबरको १ करोड ६५ लाख किलो चिया निर्यात गरेको हो ।

२९औं चिया दिवसका अवसरमा बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आव अन्तिमसम्म ४ अर्ब ५० करोड रुपैयाँको निर्यात हुने अनुमान छ ।

सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएकाले चिया निर्यात बढ्ने अनुमान रहेको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले बताए । यसो त चैत मसान्तसम्म नेपालले ५ करोड ६२ लाख अर्थात् ७१ हजार किलो चिया आयात गरिसकेको छ ।

पछिल्लो समय नेपालमा चिया संस्कृति धेरै बढेकाले चिया आयात र खपत पनि बढेको बोर्डका अनुमान छ । नेपालले चिया उत्पादन र निर्यात बिस्तारै बढाउँदै जाँदा आयात भने खासै घटाउन नसकेको तथ्यांकमा देखिन्छ ।

५ वर्षयताकै उच्च निर्यात अनुमान

बोर्डले अनुमान गरेको यो वर्षको चिया निर्यात अनुमान ४ अर्ब ५० करोड पुग्ने हो भने ५ वर्षयताकै उच्च हुने देखिन्छ । आव २०७५÷७६ देखि हालसम्मको उच्च निर्यात २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख बराबर छ ।

त्यस्तै २०७५/७६ मा १ करोड ५० लाख ४३ हजार ७ सय ९६ किलो अर्थात् ३ अर्ब २० करोड ३९ लाख रुपैयाँको निर्यात भएको थियो । उक्त अवधिमा २ करोड ५२ लाख ५ हजार किलो उत्पादन भएको थियो भने नेपालमा ११ करोड ७७ लाख अर्थात् ३ लाख ४३ हजार किलो आयात भएको थियो ।

यस्तै २०७६/७७ मा २ करोड ४१ लाख १८ हजार किलो उत्पादन भएको मध्ये १ करोड ११ लाख ८५ हजार किलो निर्यात भएको थियो । उक्त वर्ष २ अर्ब ७८ करोड २८ लाखको निर्यात भएको थियो ।

यसैगरी ७ करोड ७३ लाख ९७ हजार अर्थात् २ लाख १८ हजार किलो आयात गरेको थियो । २०७७/७८ मा २ करोड ३७ लाख ४५ हजार किलो उत्पादन भएकोमा १ करोड १९ लाख २९ हजार किलो अर्थात् ३ अर्ब ७९ करोड ७१ लाखको निर्यात भएको थियो । सोही वर्ष आयात १५ करोड १३ लाखको अर्थात् ३ लाख ७६ हजार किलो भएको थियो ।

झापाबाट ११ करोडको चिया निर्यात – Online Khabar

आव २०७८/७९ मा १ करोड २४ लाख ९४ हजार किलो निर्यात भएको थियो । जुन ३ अर्ब ४३ करोड ४३ लाख बराबर थियो । सोही वर्ष आयात पनि घटेको देखिन्छ । उक्त वर्षमा ८ करोड ३६ लाख ४५ हजार अर्थात् २ लाख ७ हजार किलो मात्रै आयात भएको देखिन्छ ।

सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएकाले चिया निर्यात बढ्ने अनुमान रहेको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले बताए । यसो त चैत मसान्तसम्म नेपालले ५ करोड ६२ लाख अर्थात् ७१ हजार किलो चिया आयात गरिसकेको छ ।

बोर्डका अनुसार २०७९/८० मा नेपालले पछिल्लो ५ वर्षयताकै धेरै चिया निर्यात गरेको छ । उक्त आवमा १ करोड ६५ लाख ९४ हजार किलो निर्यात गरेको थियो, जुन ३ अर्ब ९३ करोड ७२ लाखको हो । उक्त वर्ष २ करोड ६४ लाख १ हजार किलो चिया उत्पादन भएको थियो ।

चिया निर्यात राम्रो भए पनि सोही वर्ष आयात पनि अघिल्लो वर्षभन्दा बढी देखिएको छ । उक्त आवमा १२ करोड ९१ लाख अर्थात् २ लाख ७७ हजार किलो चिया आयात भएको थियो ।

आव २०८०/८१ मा १ करोड ३९ लाख १६ हजार किलो अर्थात् ३ अर्ब ६२ करोड २५ लाखको चिया निर्यात भएको थियो । सोही वर्ष ३ करोड ७८ लाख रुपैयाँको ४४ हजार किलो चिया आयात भएको छ । गत आव २ करोड ६९ लाख ८३ हजार किलो चिया उत्पादन भएको हो ।

चालु आव चैत मसान्तसम्म नेपालले १ करोड ३० लाख २३ हजार किलो अर्थात् ३ अर्ब ५७ करोड ३० लाख रुपैयाँको चिया निर्यात गरिसकेको छ । जुन अघिल्ला आवको झन्डै एक वर्षको निर्यात हो ।

सोही कारण नेपालले पछिल्लो ५ वर्षयताकै उच्च निर्यात गर्ने बोर्डले अनुमान गरेको हो । चैत मसान्तसम्म नेपालले ५ करोड ६२ लाखको अर्थात् ७१ हजार किलो आयात गरिसकेको छ ।

पछिल्लो समय नेपालमा चिया संस्कृति धेरै बढेकाले चिया आयात र खपत पनि बढेको बोर्डको अनुमान छ ।

२० हजार हेक्टरमा खेती, ६० हजारलाई रोजगारी

बोर्डको तथ्यांक अनुसार नेपालमा कुल २० हजार ७ सय ६० हेक्टर जमिनमा चिया खेती भएको छ । चालु आव वैशाख पहिलो सातासम्म २ करोड ७० लाख किलो तयारी चिया उत्पादन भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको दाबी गरेका छन् ।

बोर्डका अनुसार नेपालमा १५ हजार २ सय ३ चिया कृषक, १ सय ७१ टि–इस्टेट र साना तथा मझौला गरी १ सय २० चिया प्रशोधन केन्द्रमार्फत करिब ६० हजार रोजगारी सिर्जना गरेको छ ।

चिया, अलैंची र अदुवाको निर्यातमा गिरावट – Online Khabar

‘दीर्घकालीन सोचले अगाडि बढ्न आवश्यक छ’

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको दाबी गरेका छन् ।

मन्त्री अधिकारीले विभिन्न चुनौतीबीच नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रूपमा रहेको बताए ।

‘यो चिया कृषक, मजदुर, उद्योगी, व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको हो,’ चिया दिवसका अवसरमा उनले भने, ‘मुलुकको व्यापार घाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन, भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ ।’

२०७९/८० मा नेपालले पछिल्लो ५ वर्षयताकै धेरै चिया निर्यात गरेको छ । उक्त आवमा १ करोड ६५ लाख ९४ हजार किलो निर्यात गरेको थियो, जुन ३ अर्ब ९३ करोड ७२ लाखको हो ।

बजारीकरणका लागि नेपाली चियाले अझै चुनौती सामना गर्नुपरिरहेको सुनिएको उनको तर्क छ । उनले चुनौती समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनासाथ अघि बढ्नुपर्ने बताए ।

बोर्डको नीतिगत समस्या फुकाउन मन्त्रालय तयार

मन्त्री अधिकारीले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको चिया तथा कफी विकास बोर्डलाई स्रोत साधन सम्पन्न बनाइ, नीतिगत समस्या फुकाउन मन्त्रालय तयार रहेको बताए ।

आगामी आव चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आकर्षित गर्ने गरी कार्यक्रम ल्याइने मन्त्री अधिकारीले बताए ।

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?