+
+
Shares

जनमत र नाउपाबीच एकता हुँदै, बन्नेछ ‘नाजपा’

नागरिक जनमत पार्टीमा पहिलो वरीयतासहित रेशम चौधरी संरक्षक, दोस्रो वरीयतासहित सीके राउत अध्यक्ष र तेस्रो वरीयतासहित रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते ५:२६

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।

दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ-संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् । एकतापछि यो दल  प्रतिनिधि सभाको सिटको आधारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बराबर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?