+
+
Shares

जेठ २३ मा आउने ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते ९:५६

काठमाडौं । जेठ २३ देखि प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । हाँस्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन् ।

पोस्टरमा धेरै कलाकार देखिन्छन् । सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ । पोस्टरमा देखिएका पात्रकै हाउभाउले सिनेमामा रोमाञ्चक कथा र हाँस्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ । सार्वजनिक पोस्टरलाई रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो ।

सार्वजनिक पोस्टरमा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकार पनि छन् । पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हाँस्यपूर्ण मोड हुने संकेत गर्छ ।

सिमोस सुनुवारको निर्देशन बनेको यो फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय छ । सार्वजनिक गरिएका दुई गीत ’घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाएका छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्म सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको लगानीमा बनेको फिल्मको पटकथा प्रदीप भारद्धाजको छ ।

नेपाली समाजमा बेहुली भित्राउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । कथा यसै प्रचलनमा आधारित छ । हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?