
काठमाडौं। मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एक नयाँ प्राइभेसी फिचरको घोषणा गरेको छ । उक्त नयाँ फिचरको नाम Advanced Chat Privacy हो । यो फिचरलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि यसले प्रयोगकर्ताहरुको सबैभन्दा सम्वेदनशील कुराकानीलाई सुरक्षित राख्नेछ । ह्वाट्सएपले यो फिचरलाई विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ ।
यस नयाँ फिचर अन्तरगत ह्वाट्सएपमा नयाँ सेटिंग्स विकल्प प्राप्त हुनेछ, जुन पर्सनल च्याट र ग्रुप च्याट दुबैका लागि हुनेछ । यस्तोमा प्रयोगकर्ताहरुलाई जब आफ्नो कुनै च्याट धेरै धेरै सम्वेदनशील छ भन्ने लाग्यो भने त्यसलाई Advanced Chat Privacy को मद्दतले उक्त च्याटलाई ह्वाट्सएपभन्दा बाहिर शेयर गर्नबाट रोक्न सक्दछन् ।
ह्वाट्सएपको यो पछिल्लो अपडेटसँगै प्रयोगकर्ताले यो प्राइभेसी फिचरलाई सक्रिय बनाएपछि ह्वाट्सएपमा कसैसँग गरेका च्याटहरु उक्त व्यक्तिले एक्सपोर्ट गर्न सक्ने छैन । साथै आफूले ह्वाट्सएपमा पठाएका फोटो तथा भिडियोहरु उक्त व्यक्तिको फोनमा अटो डाउनलोड हुनबाट पनि रोकिनेछ । योसँगै ह्वाट्सएप प्रयोगकर्ताले आफूसँग सम्वाद गर्ने व्यक्तिलाई च्याटमा रहेका सामाग्री वा कुराकानीहरु कहीँपनि लिक हुनेछैनन् भनेर विश्वास दिलाउन समेत सक्नेछन् ।
कसरी सक्रिय बनाउने यो फिचर ?
ह्वाट्सएपको नयाँ प्राइभेसी फिचरलाई सक्रिय बनाउनका लागि सबैभन्दा पहिले ह्वाट्सएपको सेटिंग्समा गएर यसलाई अन गर्नुर्छ । त्यसका लागि च्याटको नाममा गएर Advanced Chat Privacy फिचरमा ट्याप गर्नुहोस् ।
स्मरण रहोस् यो उक्त फिचरको पहिलो संस्करण हो । आगामी दिनमा कम्पनीले यो फिचरलाई थप परिस्कृत बनाएर नयाँ नयाँ सुविधा पनि जोड्ने अपेक्षा गरिएको छ ।
उसो त ह्वाट्सएपमा प्राइभेसीसँग सम्बन्धित विभिन्न फिचरहरु उपलब्ध छन् । यसमा प्रयोगकर्ताले आफ्ना कुनैपनि पर्सनल च्याटलाई लक गर्न सक्दछन् । कुनैप्नि च्याटलाई लक गर्नका लागि च्याटकर्ताको नाममा क्लिक गर्नुहोस् । त्यसपछि नयाँ अप्सन देखिनेछ । त्यसको तलतर्फ स्क्रोल गर्नुुहोस् र च्याट लक अप्सनमा ट्याप गर्नुहोस् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4