+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलालीमा घट्यो गहुँ उत्पादन

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष एक लाख १० हजार १४ मेट्रिक टन गहुँ उत्पादन भएकोमा गत वर्ष एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १३:०९

१८ वैशाख, कैलाली । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ । गत वर्ष गहुँको उत्पादकत्व तीन दशमलव ४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष तीन दशमलव ३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए ।

‘उत्पादनमा केही कमी आएको छ । पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो,’ कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिँदै सूचना अधिकारी ओझाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?