+

फुटबल टिमले मुस्ताङमा प्रशिक्षण गर्ने

२०८२ वैशाख  १८ गते २१:१३ २०८२ वैशाख १८ गते २१:१३

एक महिनापछि हङकङ र लाओससँग हुने खेललाई ध्यानमा राख्दै फुटबल टोलीको क्याम सुरु गर्न लागिएको हो ।

फुटबल टिमले मुस्ताङमा प्रशिक्षण गर्ने

१८ वैशाख, काठमाडौं । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मुस्ताङबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार नेपाली टोली बिहीबारै मुस्ताङ प्रस्थान गर्नेछ र एक साता उतै प्रशिक्षण गर्नेछ ।

प्रशिक्षणकै एक भागको रुपमा टोली मुस्ताङ जान लागेको हो । मुस्ताङमा नेपाली टोली फिटनेस र एन्डुरेन्समा केन्द्रित हुने एन्फाले जनाएको छ ।

नेपालले आउने जुन ५ मा हङकङसँग हङकङमै मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जुन १० मा लाओससँग खेल्नेछ । यो खेल लाओसको मैदानमा हुनेछ ।

मुख्य प्रशिक्षक म्याट रोसले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएका छन् । हाई अल्टिच्युडमा प्रशिक्षण गर्दा खेलाडीहरुलाई कठिन हुने भए पनि यसले खेलाडीलाई सहयोग पुग्ने प्रशिक्षक रोसको भनाइ छ ।

उनले मुस्ताङ प्रस्थान गर्नुअघि बिहीबार काठमाडौंमै खेलाडीहरूलाई ब्रिफिङ गरेका थिए । उनले किन मुस्ताङ जानुपर्ने कारण पनि बताएका थिए ।

‘हामी किन मुस्ताङ जाँदैछौं ? त्यहाँ हामीले बढी रेडब्लड सेल्स बनाउनेछौं । यसले अक्सिजन बोक्ने क्षमतामा सुधार गर्छ,’ रोसले खेलाडीहरूलाई ब्रिफिङमा भनेका थिए, ‘यो सबै हाम्रो मुटु र रक्तसञ्चार प्रणालीलाई बलियो र प्रभावकारी बनाउनका लागि हो । बलियो कोषले बढी ऊर्जा दिन्छ । यो सबै कुराले हामीलाई मद्दत गर्छ ।’

अखिल नेपाल फुटबल संघ नेपाली पुरुष फुटबल टिम प्रशिक्षक म्याट रोस फुटबल क्लोज क्याम्प

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय