+

जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कूल क्रिकेट प्रतियोगिता वैशाख २२ देखि

२०८२ वैशाख  १९ गते १७:०६ २०८२ वैशाख १९ गते १७:०६
जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कूल क्रिकेट प्रतियोगिता वैशाख २२ देखि

१९ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले दोस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ वैशाख २२ गतेदेखि आयोजना गर्ने भएको छ।

पूर्व क्यान अध्यक्ष तथा नेपाली क्रिकेटका भिष्मपितामहका रूपमा चिनिने जयकुमारनाथ शाहको सम्झनामा सुरु गरिएको प्रतियोगिता वैशाख २२ देखि २९ गतेसम्म काठमाडौंको मुलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितालाई एसीसी यू–१६ ईस्ट जोन कप २०२५ को छनोटका रूपमा समेत लिइएको छ। उत्कृष्ट खेलाडीलाई काठमाडौं जिल्ला टोली हुँदै राष्ट्रिय यू–१६ टिमको छनोटमा मौका दिइनेछ।

यसपटक २१ स्कुल सहभागी हुने प्रतियोगितामा ७ समूह बनाएर लिग चरण खेल हुनेछ। समूह विजेता ७ टिम र उत्कृष्ट दोस्रो टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल र फाइनल खेल काष्टमण्डप टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्।

प्रतियोगिताको कुल खर्च करिब १६ लाख ३५ हजार अनुमान गरिएको छ। विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई १० हजार, बलर, ब्याटर र उदाउँदै खेलाडीलाई जनही ५ हजार, प्लेयर अफ द म्याचलाई १ हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक बाबु एडभेन्चर प्याराग्लाइडिङ रहेको छ भने अन्य सह–प्रायोजकमा आयुष इन्टरनेसनल ओभरसिज सर्भिस, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सुजुकी (सीजी मोटो) लगायत रहेका छन्।

इन्टर स्कूल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय