१९ वैशाख, काठमाडौं । आगामी जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो चरणको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले युकेमा विभिन्न क्लबहरूसँग खेल्ने भएको छ ।
१४ देखि २६ मेसम्म बेलायत भ्रमणमा रहने नेपाली टोलीले खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको हो । यस भ्रमणको क्रममा नेपाली टोलीले विभिन्न स्थानीय क्रिकेट क्लबहरूसँग अभ्यास म्याच खेल्नेछ र उच्चस्तरीय ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनेछ।
भ्रमण अवधिमा टिमले युकेको प्रतिष्ठित क्लबहरूसँग प्रतिस्पर्धात्मक अभ्यास खेलहरू खेल्ने कार्यक्रम तय गरिएको छ।
अभ्यास खेल तालिका
१६ मे – एकदिवसीय खेल कार्डिफ युनाइटेड सँग
१९ मे – एकदिवसीय खेल मेरिलबोन क्रिकेट क्लब (एमसीसी) सँग
२२ मे – दुई टी–२० खेल ग्लोसेस्टरशायर सँग
२६ मे – एकदिवसीय खेल ग्लामोर्गन सँग
ग्लामोर्गनसँगको खेलपछि नेपाली टिम २९ र ३१ मे मा स्कटल्यान्ड ‘ए’ टोली विरुद्ध दुई एकदिवसीय खेलहरू खेल्नेछ।
यस सम्पूर्ण तयारीपश्चात नेपाली टिमले जुन महिनामा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया 4