+

लायन्स कप भलिबल : गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

२०८२ वैशाख  २० गते १७:०९ २०८२ वैशाख २० गते १७:०९
लायन्स कप भलिबल : गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

२० वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा जीतसँगै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथो र पाँचौं सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

३ अंकले पछि परेको अवस्थामा एपीएफले चौथो सेटमा लगातार १२ अंक लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जित दर्ता गरेको हो ।

पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शकलाई निराश पारेको छ । एपीएफ पहिलो खेलमा इरानसँग पराजित भएको थियो । इरानसँगै गण्डकी पनि पराजित भएको थियो । प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपीएफ उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् ।

आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । उक्त खेल नतिजाले सेमिफाइनल समिकरण टुंगो लाग्नेछ । पुलिस र भारतीय टोलीले समूह ‘बी’ मा एकएक जित दर्ता गराएका छन् । आर्मी भने जितविहीन छ ।

प्रतियोगितामा ६ टीम सहभागी छन् । ईरानी र भारतीय टोलीसँगै गण्डकी तथा तीन विभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ सहभागी भएका थिए ।

लायन्स कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय