+

हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुरको विजयी सुरुवात

२०८२ वैशाख  २० गते २०:०२ २०८२ वैशाख २० गते २०:०२
हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुरको विजयी सुरुवात

२० वैशाख, काठमाडौं । कीर्तिपुर बास्केटबल क्लबले हिमालयन बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेको छ ।

शनिवार कीर्तिपुर कभर्डहलमा भएको खेलमा घरेलु टोलीले सामाखुशी युथ क्लबलाई ८४–५९ को स्कोरले पराजित गर्‍यो ।

कीर्तिपुरले पहिलो क्वाटरमा पछि परेपनि दोस्रो क्वाटरमा पुनरागमन गरेको थियो । तेस्रो क्वाटर सामाखुशीले आफ्नो पक्षमा पारेपनि चौथो तथा अन्तिम क्वाटरमा फराकिलो अग्रता सहित कीर्तिपुरले खेल जितेको हो ।

सुरुवाती अंक जोडेको सामाखुशीले पहिलो क्वाटरमा १२–१० को सामान्य अग्रता लिएको थियो ।

तर दोस्रो क्वाटरमा कीर्तीपुरले पुनरागमन गर्दै २४–१२ ले आफ्नो पक्षमा पार्दै हाफ टाइममा ३४–२४ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर सामाखुशीले २९–२५ ले आफ्नो पक्षमा पारेको थियो । यद्यपी तेस्रो क्वाटर सकिँदा सम्म कीर्तिपुरले ५९–५३ को अग्रता बनाएको थियो । चौथो क्वाटरमा कीर्तिपुरले २५ अंक स्कोर गर्दा सामुखशीले ६ स्कोर मात्र गर्न सक्यो ।

नेपाल बास्केटबल संघ नेबाको आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा सुरु भएको बास्केटबल लिगमा ६ टोलीको सहभागिता छ ।

डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने लिगका खेलहरु विकेण्डमा खेलाइनेछ । लिगका खेलहरु हरेक शनिवार र आइतबार तथा मंगलबार र बुधबार हुनेछन् ।

 

हिमालयन जाभा बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय