+

लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

२०८२ वैशाख  २१ गते ९:४९ २०८२ वैशाख २१ गते ९:४९
लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

२१ बैशाख, काठमाडौं । दुई पाङ्ग्रे क्वीन्स नामक सामाजिक सञ्जाल समूहले ‘राइड ट हेरिटेज साइट्स’ (Ride to Heritage sites) नामक  कार्यक्रम आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय महिला राइडर डे २०२५ को अवसरमा दुई पाङ्ग्रे क्वीन्सले बैशाख २० गते शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाडौं सोरखुट्टेस्थित लण्डन फेसन हाउसबाट सुरु भएको राइड विभिन्न स्थान हुँदै धुमबाराही पुगेर समाप्त भएको थियो ।

उक्त कार्यक्रममा उपत्यका भित्रका काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका ओझेलमा परेका विविध सांस्कृतिक सम्पदा हरुको भ्रमण गरिएको छ ।

यस कार्यक्रमको उद्देश्य भनेको नेपालका लुकेर रहेका संस्कृतिहरुको उजागर गर्नु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली कला संस्कृतिहरु बारे जानकारी दिनु रहेको आयोजकले जनाएको छ ।

‘राइड टु हेरिटेज साइट्स’ कार्यक्रममा दुई पाङ्ग्रे क्वीन्सका तर्फबाट करिब २५ जना महिला मोटरसाइकल चालकको सहभागि थिए । उनीहरुले सारी, नेवारी पोशाक लगायत विभिन्न सांस्कृतिक भेषभुषामा सजिएर राइड गरेका थिए ।

कीर्तिपुरमा अवस्थित बाघभैरव, उमा महेश्वर मन्दिरमा कीर्तिपुर नगरपालिका वडा नं १ का अध्यक्ष इच्छा महर्जनले स्थानीय स्थल हरुको जानकारी दिएका थिए । साथै उनले राइडर हरुलाई धन्यवाद दिँदै आगामी कार्यक्रमको लागि शुभकामना पनि दिए ।

यस्तै ललितपुरको थेचोमा अवस्थित ब्रहमायनी मन्दिर, सिद्धिपुरको कलात्मक सिर्जना हरुको अवलोकन पनि गरिएको थियो ।

राइडहरुले नेवारी समुदायका महिलाहरू द्वारा संचालित रेस्टुरेन्ट नेवा फाल्चा थसी मा दिवा खाना खाइ विविध सम्पदाहरुको स्थलगत भ्रमण गरेका थिए ।

कार्यक्रममार्फत दुई पाङ्ग्रे क्वीन्स लेडी राइडर्स समुदायले धुमबाराहीस्थित पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्विङ्ग सेन्टरमा अभ्यासरत खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरेको थियो ।

कार्यक्रममा सहयोगीको भुमिका निर्वाह गरेकी दुवै मोहडाबाट सगरमाथाको सफल आरोहण गरी वर्ल्ड बुक अफ गिनिज रेकर्ड राख्न सफल पहिलो नेपाली महिला पत्रकार कल्पना महर्जनले कार्यक्रम भव्यताका साथ सफल भएको र आफू कार्यक्रममा संलग्न हुन पाउँदा खुसी लागेको बताइन् ।

यस्तै मिसेस नेपाल युनिभर्स २०१८ की विजेता तथा लण्डन फेसन हाउस र टुडेज वुमनको प्रेसिडेन्ट मनिषा डंगोल श्रेष्ठले राइडिङ कार्यक्रममा आफ्नो पहिलो सहभागिता भएको रमाइलो लागेको बताइन् । उनले आफ्नो लागि यो नयाँ अनुभव रहेको र कार्यक्रममा सहयोग गर्न पाउदा खुशी व्यक्त गरिन् । यस्तै उनले नेपालमा लेडी राइडरहरुसँग राइडमार्फत नयाँ ढंगले पर्यटन प्रबर्दधनमा सहयोग गर्न गर्न पाउँदा गर्व लागेको बताइन् ।

दुई पाङ्ग्रे क्वीन्सले आयोजना गरेको यस कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, नेवा फल्चा थसी, सिद्धिपुर र लण्डन फेसन हाउसले सहयोग गरेका थिए ।

सम्बनिध निकायको सहयोग भएमा आगामी दिनहरुमा पनि यस किसिमका अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने दुई पाङ्ग्रे क्वीन्सकी संयोजक तुलसा पहाडीले बताइन् ।

 

अन्तर्राष्ट्रिय महिला राइडर डे राइड टु हेरिटेज साइट्स लेडी राइडर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय