
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनले शुक्रबार नयाँ उपाधि विजेता प्राप्त गरेको छ । धादिङका प्रोसेस पाण्डेले उपाधि जिते । कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धा गरेका उनले जितसँगै २२ लाख नगद प्राप्त गरे ।
भ्वाइसको छैटौं सिजन यसपटक धेरै अर्थमा विशेष रह्यो । पहिलोपटक लोकसंगीत विधाको कोचलाई समावेश गरियो । डेब्यु सहभागितामै कोच सेन्चुरीको समूहले जित दर्ता गर्यो ।
जितेपछि कोच सेन्चुरीले यो जितलाई लोकसंगीतको जितको रुपमा प्रस्तुत गरे ।
कोच राजु लामाको समूहबाट प्रमेश राई, कोच उदय सोताङबाट अर्पण आचार्य, कोच मेलिना राईको समूहबाट रोशन राई फाइनलिस्ट थिए । ब्लाइन्ड अडिसनमै सर्वाधिक चारै कुर्सी घुमाउने रेकर्ड यसपटक रचियो । शुक्रबार अबेर राती सम्पन्न भ्वाइसको फिनाले समारोह तस्वीरमा रोचक देखियो ।
तस्वीरहरू : शंकर गिरी /अनलाइनखबर
प्रतिक्रिया 4