+
+
Shares

प्रोसेस पाण्डेको जितमा खेम सेन्चुरी : यो जित कसको, लोकसंगीतको

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते १२:४४
शुक्रबार राती आफ्नो टीमका प्रोसेस पाण्डेले भ्वाइसको उपाधि उचालेपछि कोच खेम सेन्चुरी ।

काठमाडौं । पहिलोपटक ‘भ्वाइस अफ नेपाल’को कोचको जिम्मेवारी सम्हालेका खेम सेन्चुरीको पछिल्लो दुई महिना उतारचढावपूर्ण रह्यो । खुट्टाले बजर थिचेपछि उत्पन्न विवाद र समर्थनको किस्सा होस् या आफ्नो समूहका प्रतियोगी प्रोसेस पाण्डे विजेता घोषित हुँदासम्मको यात्रा होस् ।

भ्वाइसको स्टेजबाहिर खेम र शान्तिश्री परियारबीचको असन्तुष्टिपूर्ण सम्बन्धबारे धेरै गसिप लेखिए । यसरी हेर्दा, लोकसंगीत क्षेत्रका यी चर्चित संगीतकारको पछिल्ला दुई महिनाको यात्रा कुनै फिल्मको पटकथाभन्दा कम छैन ।

पहिलोपटक भ्वाइसको कोचको रुपमा उनको यात्राको सुखद अन्त्य भयो । उनको टीमका पाण्डेले शुक्रबार छैटौं सिजनको उपाधि उचालेसँगै खेमको कोचिङको पनि प्रशंसा भएको छ ।

आफ्नो टीमका प्रतियोगीको जितमा कोच खेमले शनिबार सामाजिक संजालबाट प्रतिक्रिया दिएका छन् । उनले प्रोसेस पाण्डेको जितलाई अठोटको जितको रुपमा ब्याख्या गरेका छन् । फरक क्षमता भएकाहरू पनि संगीतको सगरमाथा उक्लन सक्छन् भन्ने प्रमाण प्रोसेसको जित रहेको खेमको भनाई छ ।

उनी भन्छन्- ‘द भ्वाइसमा आबद्ध हुने गरि मैले हस्ताक्षर गर्दै गर्दा सोचेको थिएा, यी औंलाहरूलाई विश्वास गरेर समाउनेलाई म गन्तव्यमा पुर्‍याउने नै छु । म झैं बारम्बार लड्दै, पछारिँदै, घाउचोट सहँदै, उठ्दै हिँड्नु पर्नेछैन । हो, त्यो अठोटको आज विजय भएको छ ।’

उनी थप भन्छन्- हाम्रो टिम खेमबाट बावु प्रोसेस पाण्डेले ‘भ्वाइस अफ नेपाल–सिजन ६’ को उपाधि उचालेका छन् । यो उपाधि मात्रै होईन, भरोसाको जीत हो । स्वर्णिम इतिहासको निर्माण हो । फरक क्षमता भएकाहरू पनि संगीतको सगरमाथा उक्लन सक्छन् भन्ने प्रमाण हो । नेपाली माटोको सुगन्ध दिने लोकसंगीत नै नेपाली गीतसंगीतको जननी हो भन्ने फेरि पनि खास ढंगले पुष्टि भएको छ ।’

‘छाती चौडा पारेर भन्न मन लागेको छ, यो जीत कसको? लोकसंगीतको’ उनले लेखेका छन् । उनले भ्वाइसको यो सिजनमा कोच राजु लामा, मेलिना राई र उदय सोताङबाट धेरै कुरा सिक्न पाएको उल्लेख गरेका छन् ।

कोचको सहभागितालाई समावेशी तुल्याउँदै भ्वाइसले यसपटक लोकसंगीत विधाबाट सेन्चुरीलाई कोचमा नियुक्त गरेको थियो । यो निर्णयको चौतर्फी प्रशंसा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?