+
+
Shares

आर्यनले साइन् गरे ‘महाराजधिराज’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १५:४६

काठमाडौं । अभिनेता आर्यन सिग्देल एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेका छन् । उनको लाइनअप लामो हुन थालेको छ । उनले केही दिनअघि ‘महाराजधिराज’ साइन् गरे ।

यसअघि यो फिल्ममा पल शाह र रमेश उप्रेती अनुबन्धित भैसकेका छन् । फिल्म साइन् गरेपछि अनलाइनखबरसँग कुरा गर्दै सिग्देलले आफ्नो फरक रोल यसमा हुने र दर्शकले रुचाउने बताए ।

परिच्छेद सेनले निर्देशन गर्ने यो फिल्ममा उनको भूमिकालाई खुलाइएको छैन । आर्यन, रमेश र पलको संलग्नताले लाइनअप बलियो बनेको छ ।

फिल्मले यसअघि नै टिजर पोस्टर सार्वजनिक गरिसकेको छ । दशैंको फूलपातीमा प्रदर्शन हुने बताइएको यो फिल्मलाई विराज विष्टले प्रस्तुत गर्न लागेका हुन् । निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?