+

लायन्स कप भलिबलको उपाधिका लागि पुलिसले इरानी टोलीसँग खेल्ने

२०८२ वैशाख  २१ गते २३:५८ २०८२ वैशाख २१ गते २३:५८
लायन्स कप भलिबलको उपाधिका लागि पुलिसले इरानी टोलीसँग खेल्ने

२१ वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल  (एपीएफ) लाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।

पुलिसले एपीएफलाई २५–१७, २५–१८, २५–१५ को स्कोरमा सहजै हरायो।

पुलिसले अब उपाधिका लागि सोमबार इरानी टोलीसँग खेल्नेछ । इरानी टोलीले आइतबारै भएको  पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित फाइनलमा स्थान बनाइसकेको छ ।

पुलिस र इरानी टोलीबिचको फाइनल खेल सोमबार दिउँसो ४ बजे सुरु हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि आर्मी र एपीएफबिचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।

लायन्स कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय