+
+
Shares

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १०:४१

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।

राष्ट्रिय सभामा आज र भोलि(मंगलबार) नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि भोलि नै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यतालिका छ ।

राष्ट्रिय सभाको क्यालेन्डर अनुसार आज र भोलि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । भोलि नै प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तालिका क्यालेन्डरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?