
२२ वैशाख, काठमाडौं । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरहल भएपछि आम चासोको विषय बनेको छ ।
भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले रौतहटले संचालक सुरज गुप्तालाई बोलाएर सोधपुछसँगै अनुसन्धान सुरु गरेको छ ।
रौतहट प्रहरी स्रोतका प्रारम्भिक अनुसन्धानमा उक्त भिडियो ७–८ महिना पूरानो रहेको खुलेको छ ।
सुधार केन्द्रमा अहिले कुट्ने र कुटिने दुवै मान्छे छैनन् । प्रारम्भिक अनुसन्धानमा निर्दयीतापूर्वक कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे हुन् । उनी वीरगञ्जका हुन् । कुटाइखाने व्यक्ति गौरका रितेशकुमार यादव छन् ।
तर त्यसरी किन कुटपिट गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।
सञ्चालकले प्रहरीमा दिएको बयान अनुसार सुधार केन्द्रमा कर्मचारी र संचालकबिचबो विगतको विवादको कारण पछि आएर उक्त भिडिओ सार्वजनिक गरेको हुन सक्ने आशंका छ ।
प्रतिक्रिया 4