
२५ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिक उकालो लाग्न थालेको छ । बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुन आज बिहीबार ६ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार भने तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4