
२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद्मा आज जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।
संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ खोजेका छन् ।
नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ नदिए संसद्मा अवरोध गर्ने चेतावनी समेत दिएका थिए ।
यही १७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।
यो विषयमा सांसदहरूले सरकारको जवाफ मागेपछि गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रतिक्रिया 4