२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको बताए । डीपीआर बनिसकेको परियोजना अगाडी बढाउन ढिलाइ भइरहेको भन्दै उनले निर्माण कार्यमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रंगशालाको डीपीआर तयार गरी साढे २ अर्बको लागतमा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना अघि बढेको उनले बताए ।
खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार बनाइएको भन्दै उनले आपत्ति जनाए ।
क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै उनले कुनै व्यवधान भए आन्दोलनको सामना गर्नु पर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4