
काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि-प्रोडक्सनमा व्यस्त छन् ।
यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकार अनुबन्धित गर्ने काम चलिरहेको छ । यो फिल्ममा अभिनेता विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा भट्टको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।
यो फिल्मको शीर्ष भूमिकामा अभिनेता सुशिल श्रेष्ठ पनि अनुबन्धित भएका छन् । श्रेष्ठसँग निर्माताले बुधबार लिखित सम्झौता गरेका छन् । स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए ।
एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्य : पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ । फिल्मका लागि अब नायिका र केही कलाकार फाइनल गर्न बाँकी रहेको निर्माताले जनाएका छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह हुन् । छायांकन केही महिनामै गर्ने तयारी छ ।
प्रतिक्रिया 4