+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पत्रकारिताको भविष्यबारे बहस

डिजिटल मिडिया फोरमका अध्यक्ष समेत रहेका सुवेदीले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप लगायतसँग नागरिकका व्यक्तिगत सूचना मागेका बेला जुनसुकै बेला दिने गरिको सर्त राखेका कारण उनीहरु दर्ता प्रक्रियामा नआएको बताए

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १७:२९

२५ वैशाख, काठमाडौं । अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजले अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत गोपनियता र एआईको बढ्दो प्रभावबीच पत्रकारिकताको भविष्यबारे छलफल गरेको छ ।

बिहीबार कलेजको सभाहलमा एआई र सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच मुलधारका सञ्चारमाध्यमहरुको भूमिकाबारे समेत छलफल गरियो ।

कलेजका प्रमुख बाबुराम अधिकारीका अनुसार, कलेजको वार्षिकोत्सव ताका आयोजना गरिने मिडिया कन्फरेन्सअघि प्रि–कन्फरेन्सका रुपमा छलफल कार्यक्रम राखिएको हो ।

पहिलो सेसनमा ‘अभिव्यक्ति स्वतन्त्रता र गोपनियता’ शीर्षकमा भानुभक्त आचार्य, प्रवेश सुवेदी, उमेश पोखरेल र पत्रिवा राउतबीच संवाद भयो ।

विद्यार्थी सुप्रिया राईले मोडरेट गरेको सेसनमा डिजिटल मिडिया फोरमका अध्यक्ष समेत रहेका सुवेदीले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप लगायतसँग नागरिकका व्यक्तिगत सूचना मागेका बेला जुनसुकै बेला दिने गरिको सर्त राखेका कारण उनीहरु दर्ता प्रक्रियामा नआएको बताए ।

‘उनीहरु पहिल्यैदेखि करको दायरामा छन्, तर यहीँ कार्यालय राख्ने प्रक्रियामा अनिच्छुक देखिएका हुन्’, सुवेदीले भने ।

अधिवक्ता राउतले सरकारले सामाजिक सञ्जाल विधेयक लगायतका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउन खोजेको बताइन् । उनले भने, ‘हुन त संविधानमा पनि पूर्ण स्वतन्त्रता भनिएपनि कतिपय अभिव्यक्तिमा अंकुश लगाउन मिल्ने खाल्का विषयहरु छन् ।’

के पत्रकारिता मर्दैछ ? नेपालमा पत्रकारिताको भविष्य विषयक सेसनमा युवराज घिमिरे, रजनिश भण्डारी, बिनु सुवेदी र लेखनाथ पाण्डेले बहस गरेका थिए ।

दया दुदराजले मोडरेट गरेको सेसनमा पत्रकार घिमिरेले पत्रकारिता  विश्वासनीयतालाई मुल मर्म बनाउनुपर्ने सम्मानित पेशा भए पनि पछिल्लो समय पत्रकारले असली धर्म निभाउन नसक्दा यदाकदा प्रश्न उठ्न थालेको बताए ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पाण्डेले अबको पत्रकारिताको भविष्य प्रविधिमैत्री पुस्ताको भएको बताउँदै एआईले काममा केही सरलता ल्याए पनि जिम्मेवार र विश्वासनीय पत्रकारिताको महत्व अझ बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?