+
+
Shares

मन्त्रिपरिषद् बैठकअघि एमाले-कांग्रेसका शीर्ष नेताको छलफल

सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १९:५८

२५ वैशाख, काठमाडौं । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको हो ।

सो छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

लगत्तै अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि दुई दलका शीर्ष नेताबीच भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?