+

शरीरका लागि कुन बढी हानिकारक, चिनी किन नुन ?

२०८२ वैशाख  २६ गते १८:४२ २०८२ वैशाख २६ गते १८:४२
Shares
शरीरका लागि कुन बढी हानिकारक, चिनी किन नुन ?

हामीले खाने प्रशोधित र प्याकेट बन्द खानामा अतिरिक्त नुन वा चिनी थपिएको हुन्छ । यस्ता खानामा  स्वाद बढाउन नुन र चिनी दुवै बढी मात्रामा प्रयोग गरिन्छ । यी दुवै कुरा शरीरका लागि आवश्यक छन् तर यसको धेरै मात्राले भने विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ ।

आजकल हाम्रो खाने बानी बिग्रिएको छ । खानामा नुन र चिनीको अत्याधिक प्रयोग भइरहेको छ । यस कारणले गर्दा नुन र चिनी स्वास्थ्यका लागि खतरनाक मानिन्छ । नुन र चिनीको अत्याधिक सेवनले धेरै गम्भीर रोगहरू निम्त्याउँन सक्छ । नुन र चिनी मध्ये कुन स्वास्थ्यका लागि बढी खतरनाक हुन्छ त ?

स्वस्थ शरीरका लागि नुन र चिनीको सही मात्रा सेवन गर्नु आवश्यक हुन्छ । शरीरमा तरल पदार्थ सन्तुलन कायम राख्न नुन अर्थात् सोडियम क्लोराइड आवश्यक हुन्छ ।  मांसपेशी र स्नायु प्रणालीको कार्यका लागि पनि नुन आवश्यक छ । तर, अत्याधिक नुन सेवनले उच्च रक्तचाप, मुटु रोग, स्ट्रोक र मिर्गौला रोगको जोखिम बढाउँछ ।

अर्कोतर्फ, यदि हामी चिनीको बारेमा कुरा गर्छौं भने, चिनीले शरीरलाई ऊर्जा दिन्छ । यसको अत्याधिक सेवनले भने मोटोपना, टाइप २ मधुमेह, मुटु रोग र मुखको समस्याको जोखिम बढाउँछ । त्यसैले चिनी र नुन दुवैको सेवन सीमित मात्रामा गर्नु पर्छ ।

दुवै कति मात्रामा सेवन गर्नुपर्छ ?

एक वयस्कले हरेक दिन केवल ५ ग्राम अर्थात् लगभग १ चम्चा नुन खानुपर्छ ।  यो भन्दा बढी नुन खानु हानिकारक हुनसक्छ ।

चिनीको बारेमा कुरा गर्दा, विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा २५ ग्राम (लगभग ५–६ चम्चा) भन्दा बढी चिनी खानुहुँदैन ।

आजकल, नुन र चिनीसँग सम्बन्धित धेरै स्वास्थ्य समस्याहरू निम्तिएको देखिन्छ । प्रशोधित खानेकुरा, प्याकेजिङ गरिएको खानेकुरा र पेय पदार्थहरूमा सोडियम र चिनीको मात्रा उच्च हुन्छ । यस्तो अवस्थामा, यसको सेवन नगर्नु नै राम्रो हुन्छ । चिनीको अत्याधिक सेवनले इन्सुलिन प्रतिरोध र मेटाबोलिक सिन्ड्रोम पनि निम्त्याउन सक्छ, जसले शरीरमा  धेरै रोगहरूको घर बनाउँछ ।

नुन वा चिनी, के बढी खतरनाक  ?

नुनले भन्दा चिनीले उत्पन्न गराउने स्वास्थ्य समस्या बढी जटिल हुन्छन् । किनकि यसको सेवन धेरै रोगहरूसँग सम्बन्धित छ । शरीरमा चिनीको मात्रा बढी हुँदा इन्सुलिनले राम्रोसँग काम गर्न छाड्छ  र शरीरमा धेरै प्रकारका स्वास्थ्य समस्या उत्पन्न हुन्छन् ।

जुन स्वास्थ्य समस्या नुनबाट उत्पन्न हुनेभन्दा धेरै गुणा जटिल हुन्छन् । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेराेल, मोटोपन, हृदयाघात, मस्तिष्कघात, थाइराइड, क्यान्सरजस्ता स्वास्थ्य समस्याको सुरुवात ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ ।

मात्रा भन्दा बढी नुन र चिनी खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि यी दुवै चीजहरू अत्याधिक सेवन गरियो भने, यसले मृत्यु समेत निम्त्याउँन सक्छ । यद्यपि, चिनी स्वास्थ्यका लागि बढी खतरनाक मान्न सकिन्छ, किनकी यसले बिस्तारै शरीरलाई हानि पुर्‍याउँछ ।

चिनीको लत लाग्न पनि सजिलो छ र छोड्न पनि गाह्रो छ । यदि नुन बढी सेवन गरियो भने यसले मुटुलाई गम्भीर खतरा निम्त्याउन सक्छ । यस्तो अवस्थामा, दुवैको सन्तुलित सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ ।

खानपान चिनी नुन
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय