+
+
Shares

राष्ट्रिय लोक दोहोरीगीत आइडल आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते २०:४५

काठमाण्डौं । राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२ आयोजना हुने भएको छ । सांस्कृतिक समाज नेपालको आयोजनामा आगामी जेठ २६, २७ र २८ गते कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । प्रतियोगितामा दोहोरी साँझमा आबद्ध रहेका कलाकारले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका सल्लाहकार तथा देउडा गायक नन्दकृष्ण जोशीले यस्ता किसिमका कार्यक्रमले लोकदोहोरी क्षेत्रलाई फराकिलो बनाउने बताए ।

‘नेपालको सौन्दर्यको बारेमा कसैले सटिक रुपमा परिचय दिन्छ भने त्यो लोकदोहोरीले नै दिन्छ’ सल्लाहकार जोशीले भने, ‘अहिले दोहोरीमा छाडा शब्दको प्रयोग भएको पनि कहिँ कतै देख्छु । पहिले पहिलेका कलाकारले हिट हुनलाई त्यस्तो गर्दैनथे तर अहिलेका कतिपयले संस्कृति बचाउन खोजेको देखिँदैन ।’

आइडलका संयोजक चन्द्र शर्माले देशैभरी छरिएका दोहोरी साँझबाट कलाकारले सहभागीता जनाउन सक्ने जानकारी दिए । उनले भौगोलिक हिसाबमा जहाँसुकैबाट भाग लिन सकिने तर दोहोरी साँझको प्रतिनिधित्व गरेको हुनुपर्ने नियम सुनाए ।

प्रतियोगितामा भाग लिनका लागी प्रवेश शुल्क १ हजार रुपैंया लाग्नेछ भने उत्कृष्ट हुने बिजेता टिमले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन् ।

दोस्रो हुने टिमले स्कुटरसहित २२ हजार २ सय २२ रुपैंया नगद पुरस्कार पाउनेछन् । बिबिटिएम फाउन्डेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगीताको फाइनल भने नगरकोटको बतासे डाँडामा सम्पन्न हुने बताइएको छ ।

यो प्रतियोगिता यसै बर्ष आयोजना हुन गइरहेको दोहोरीगीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको ब्यवस्थापक अमृत खातीले जानकारी गराए । कार्यक्रमका सभापति तथा सांस्कृतिक समाजका अध्यक्ष रामप्रसाद अवस्थीले सांस्कृतिक समाज नेपालले यसअघि पनि दोहोरी क्षेत्र बिशेष धेरै कार्यक्रम गरेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?