+

पब्जी मोबाइल एसियन शोडाउन : पहिलो दिन इन्डोनेसिया शीर्षमा

२०८२ वैशाख  २६ गते २१:२३ २०८२ वैशाख २६ गते २१:२३
पब्जी मोबाइल एसियन शोडाउन : पहिलो दिन इन्डोनेसिया शीर्षमा

२६ वैशाख, काठमाडौं । ई-स्पोर्ट्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि सुरु भएको पब्जी मोबाइल एसियन शोडाउनको पहिलो दिनको समाप्तिमा इन्डोनेसिया शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

आज सम्पन्न भएका ५ मध्ये २ खेलमा चिकन डिनर जित्दै इन्डोनेसियाले कुल ७६ अंक जोड्दै अग्रता लिएको हो। ५८ अंक सहित पाकिस्तान दोस्रो स्थानमा रहँदा, नेपाल रातो टोलीले ५१ अंक बटुल्दै तेस्रो स्थानमा आफ्नो उपस्थिति जमाएको छ। नेपाल निलो ४३ अंक सहित चौथो स्थानमा रहेको छ ।

कुल १४ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालबाट तीन टोली प्रतिस्पर्धा गरिरहेका छन्। १० लाख रुपैयाँको पुरस्कार राशी रहेको यस च्याम्पियनसिपमा विजेता टोलीले ४ लाख रुपैयाँ जित्नेछ ।

प्रतियोगिता आगामी वैशाख २७ गते सम्म जारी रहनेछ । बाँकी दुई दिनको खेल दिउँसो १ बजेदेखि ई-स्पोर्ट्स एसोसिएसन अफ नेपालको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

पब्जी मोबाइल एसियन शोडाउन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय