+

एसियन चेसमा नेपालका श्रुसुरत दाहालको दोस्रो दिन उत्कृष्ट प्रदर्शन

२०८२ वैशाख  २७ गते ८:१४ २०८२ वैशाख २७ गते ८:१४
एसियन चेसमा नेपालका श्रुसुरत दाहालको दोस्रो दिन उत्कृष्ट प्रदर्शन

२७ वैशाख, काठमाडौं । यूएईमा जारी एसियन इन्डिभ्युजल चेस च्याम्पियनसिपमा नेपालका २०५६ रेटेड श्रुसुरत दाहालले दोस्रो र तेस्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

उनले दोस्रो चरणको खेलमा काजिक्स्तानका २४०७ का आइ एम साउत नुर्गेलिएभसंग र तेस्रो चरणको खेलमा चाशइनिज ताइपेइका २३९३ रेटेड अडेलार्ड बाईसँग बराबरी खेलेका थिए।

उनी पहिलो चरणको खेलमा २४६४ रेटेड जि एम सुगर गानसँग पराजित भएका थिए। एसियाका भारत, जापान, युएई, उज्बेकिस्तान, मंगोलिया , बंगलादेश , माल्दिभ्स , दक्षिण कोरिया , काजाकिस्तान लगायत २८ राष्ट्रहरुको सहभागीता रहेको प्रतियोगितामा तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतका ग्राण्ड मास्टर निजाल शरिणले ३ अंक जोडी अग्रस्थानमा रहेका छन्।

स्वीस लिग प्रणाली अनुसार भएको नवौं चरणसम्म हुने प्रतियोगिता मे १६ मा सम्पन्न हुनेछ।

एसियन इन्डिभ्युजल चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय