२७ वैशाख, काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध पहिले बलिङ गर्दै छ ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यद्यपी वर्षा र वेट आउटफिल्डका कारण ढिला सुरु भएकाले ५/५ ओभरको मात्र खेल हुनेछ ।
यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो ।
नेपाल र हङकङले १-१ अंक बाँडे ।
नेपालले बहराइनसँग हालसम्म २ पटक खेल्दा २ पटक नै जितेको छ । नेपालले बहराइनलाई एकपटक १४ रनमा तथा एकपटक ३१ रनमा अलआउट गरेको छ ।
९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।
प्रतिक्रिया 4