+
+
Shares

‘मुनामदन’ अभिनेत्री उषासँग राहुलले अमेरिकामा गरे विवाह (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २३:१८
मेरिल्याण्डको ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा विवाह गरेपछि राहुल र उषा ।

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • उषा पौडेल र राहुल केसीले अमेरिकामा हिन्दू विधिअनुसार विवाह गरेका छन्।
  • उनीहरूले आफ्नो विवाह समारोहमा परिवार र साथीहरूलाई उपस्थित गराएका थिए।
  • दुवै कलाकार लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् र उनीहरूको विवाहले नेपाली कलाकार समुदायमा चर्चा पाएको छ।

बाल्टिमोर (अमेरिका) । चर्चित अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसी विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईजना कलाकारले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे ।

बेहुलाको पहिरनमा ठाँटिएका राहुल र बेहुली बनेकी उषा दुवै विवाह समारोहमा प्रफुल्ल देखिन्थे । दुई साताअघि स्थानीय अदालतमा कानूनी विवाह गरेका यी दुईले अहिले भने हिन्दू धार्मिक विधिअनुसार विवाह गरेका हुन् ।

विवाह समारोहमा दुबै पक्षका परिवार, आफन्त र अमेरिकामा बसोबास गर्दै आएका कलाकर्मी उपस्थित रहे । मेरिल्याण्ड र न्यूयोर्कमा बसोबास गर्दै आएका चर्चित कलाकार विवाह समारोहमा पुगेका छन् ।

अमेरिकी समयानुसार आइतबार बेलुका यी दुईले वैवाहिक भोज पनि आयोजना गरेका छन् । सन् २००१ मा रिलिज भएको फिल्म ‘कर्म’बाट अभिनयमा डेब्यु गरेकी उषाले मुनामदन, गोधुली, दैवसहितका ३० भन्दा धेरै फिल्ममा अभिनय गरेकी छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित फिल्मको शीर्ष भूमिकामा उषाले अभिनय गरेकी छन् ।

राहुलले ‘नागरिक’, ‘किसान’सहितका चर्चित फिल्ममा अभिनय गरेका छन् । उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाका अध्यक्ष हुन् । राहुल र उषा दुवै लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । दुवैले नेपाल र अमेरिका कलाकारलाई विवाहमा सरिक हुन निम्तो समेत पठाएका थिए ।

तस्वीरहरू : मौलिक लामिछाने/अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?