
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ र यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
- समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी भएका छन् र विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।
- लुम्बिनी विकास कोषले यस समारोहका लागि एक करोड रुपैयाँ खर्च गरेको छ र शोभा यात्रा समेत निकालिएको थियो।
२९ वैशाख, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ ।
समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ ।
बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए ।
आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।
बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ ।
मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।
प्रतिक्रिया 4