News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र हङकङबीचको आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल वर्षाका कारण छोटो ओभरको खेल हुनेछ।
- नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ र खेल ५-५ ओभरको हुनेछ।
- नेपाल समूह सी मा शीर्ष स्थानमा रहेको छ र हङकङ दोस्रो स्थानमा छ।
३० बैशाख, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
वर्षाका कारण नेपाल र हङकङबीचको खेल ५-५ ओभरको हुने भएको छ । हङकङले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
वर्षाका कारण वेट आउटफिल्ड भएकोले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि खेलको ओभर छोट्याइएको हो ।
समूह सी मा नेपाल २ खेलबाट ३ अंकसहित शीर्ष स्थानमा छ भने हङकङ समान खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । नेपालले बहराइनलाई हराउदा हङकङसँगको अघिल्लो खेल वर्षाले रद्ध भएको थियो । यस्तै बहराइन र हङकङबीचको खेल पनि वर्षाका कारण हुन सकेन ।
प्रतिक्रिया 4