+
+
Shares

प्रधानमन्त्रीबाट चलचित्र छायांकन स्टुुडियो शिलान्यास

‘सिनेपा’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा नयाँ चलचित्र छायांकन स्टुडियो शिलान्यास गरे।
  • यो स्टुडियो ४२ रोपनी जग्गामा निर्माण हुनेछ र अत्याधुनिक सुविधासम्पन्न हुनेछ, जसले नेपाली चलचित्र उद्योगलाई थप प्रगति गर्ने अपेक्षा गरिएको छ।
  • चलचित्र विकास बोर्डले यस स्टुडियोलाई नेपाली चलचित्र क्षेत्रको लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ।

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने चलचित्र छायांकन स्टुडियो शिलान्यास गरेका छन् ।

‘सिनेपाः’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण हुने स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकनस्थल हुने बताइएको छ ।

चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्दै चलचित्र छायांकनको लागि स्टुडियो कोशेढुंगा सावित हुने बताए ।

देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

चलचित्र विकास बोर्डले मंगलबार बालुवाटारमा आयोजना गरेको कार्यक्रम ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?