+
+
Shares

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो बस्नेछ।
  • प्रदेश सरकारको मन्त्रिपरिषद्ले बैठक आह्वान गर्न सिफारिस गरेको थियो र प्रदेश प्रमुखले त्यसलाई स्वीकृति दिएका छन्।
  • बैठकमा सदस्यहरूले कार्यालयबाट प्राप्त पत्रहरू पढ्ने र शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची छ, र जेठको पहिलो हप्ता नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिने तयारी छ।

३१ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।

पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ ।

जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?