+
+
Shares

महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

महालेखापरीक्षक तोयम रायाले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६२औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १३:१०
Photo Credit : राष्ट्रपतिको कार्यालय ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुधबार ६२औं वार्षिक प्रतिवेदन पेश गर्दै महालेखापरीक्षक तोयम राया ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ।
  • प्रतिवेदनले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक गतिविधिहरूको समीक्षा प्रस्तुत गर्दछ।
  • संविधान अनुसार महालेखापरीक्षकको प्रतिवेदन प्रत्येक वर्ष राष्ट्रपतिलाई पेश गर्नुपर्छ।

३१ वैशाख, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोही व्यवस्थाअनुसार रायाले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?