+

परीक्षाका कारण कप्तान रोहित केही दिनपछि मात्र युके जाने

२०८२ वैशाख  ३१ गते १८:३९ २०८२ वैशाख ३१ गते १८:३९
परीक्षाका कारण कप्तान रोहित केही दिनपछि मात्र युके जाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल परीक्षामा सहभागी हुनुपर्ने भएकाले केही दिनपछि मात्र युके प्रस्थान गर्नेछन्।
  • नेपाली टोलीको बिदाइ कार्यक्रममा रोहित उपस्थित थिएनन् र मुख्य प्रशिक्षक स्टुअर्ट ल परिवारिक कारणले इंग्ल्यान्ड पुगेका छन्।
  • नेपाली टोलीले बुधबार साँझ बेलायत प्रस्थान गरेको छ र अभ्यासमा समेटिनेछन्।

३१ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल परीक्षामा सहभागी हुनुपर्ने भएकाले केही दिनपछि मात्र युके प्रस्थान गर्ने भएका छन्। उनी परीक्षाका कारण केही समयपछाडि जाने क्यानका सचिव पारस खड्काले जनाएका हुन् ।

स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ र त्यसअघि हुने अभ्यासमा युके जाने नेपाली टोलीको बुधबार बिदाइ गरिएको थियो । बिदाइ कार्यक्रममा पनि रोहित उपस्थित थिएनन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल परिवारिक कारणले यसअघि नै इंग्ल्यान्ड पुगेका छन्। उनी बेलायतमै टोलीसँग जोडिनेछन् र अभ्यास सत्रमा समेटिनेछन्।

नेपाली टोलीमा रोहित पौडेल कप्तान तथा दिपेन्द्रसिंह ऐरी उपकप्तान छन्। अन्य सदस्यहरूमा आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन्।

टोली बुधबार साँझ नै बेलायत प्रस्थान गरिसकेको छ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय