+
+
Shares

धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १९:००
तस्वीर : टेलिपत्रको फेसबुक वालबाट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा थप ८ जना घाइते भएका छन्।
  • प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

३१ वैशाख, काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।

घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । ‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको जस्तो देखिन्छ’, एसपी ओलियाले भने ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?