News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिकक कोलकाता नाइट राइडर्समा पुनः फर्किने भएका छन्।
- कोलकाता टोलीले मे १८ मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग महत्त्वपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ।
- अहिले अधिकांश विदेशी खेलाडीहरू टोलीमा फर्किसकेका भएपनि, इंग्ल्याण्डका अलराउन्डर मोइन अलीको अन्तिम निर्णयको प्रतीक्षा छ।
३१ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिकक कोलकाता नाइट राइडर्सको टोलमा पुनः फर्किने भएका छन्। उनी बिहीबार टोलीमा समावेश हुनेछन् ।
कोलकाताले मे १८ मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग महत्त्वपूर्ण खेल खेल्दैछ।
मंगलबार बेलुका सम्म डिकक फर्किने बारे अनिश्चितता रहेको थियो। तर, त्यसपछि उनले आईपीएल २०२५ को अन्तिम चरणका लागि उपलब्ध हुने पुष्टि गरेको क्रिकइन्फोले जनाएको छ ।
क्रिकइन्फोका अनुसार कोलकाताका अधिकांश विदेशी खेलाडीहरू जस्तै वेस्ट इन्डिजका आन्द्रे रसेल र सुनिल नरान तथा अष्ट्रेलियाका स्पेन्सर जोनसनको उपलब्धतामा केही दिनअघिसम्म अन्योल रहेको भएपनि अहिले सबैले फर्किने बताएका छन्।
तर, टोली अझै पनि इंग्ल्याण्डका अलराउन्डर मोइन अलीको भने अन्तिम निर्णयको प्रतिक्षामा छ।
प्रतिक्रिया 4