
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज सम्बन्धी विधेयकको प्रतिवेदन तयार गरी छलफल गर्दैछ।
- विधेयकमा रहेका 'तोकिए बमोजिम' शब्दलाई घटाउने प्रयास भइरहेको छ किनभने सांसदहरूले यसलाई अधिक अधिकार प्रत्यायोजन भएको भन्दै आलोचना गरेका छन्।
- समितिले ९१ दफा रहेको विधेयकमा रहेका अधिकार र विषयलाई एक ठाउँमा राखेर यसलाई संशोधन गर्न लागेको हो।
१ जेठ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा छलफल गर्दैछ । यो विधेयकको प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी रहेको समितिले जनाएको छ ।
समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रस्तावित विधेयकका प्रत्यायोजित अधिकार अधिक रहेको भनेर सांसदहरूले आलोचना गर्दै आएका छन् । ९५ वटा ‘तोकिए बमोजिम’ शब्द विधेयकमा थिए ।
९१ वटा दफा रहेको विधेयकमा ९५ वटा तोकिए बमोजिम रहेको भनेर आलोचना भइरहेका बेला समितिले तोकिए बमोजिम शब्द घटाउने प्रयास गर्दैछ ।
अधिकार प्रत्यायोजन गरिएका विषय र दफालाई एकै ठाउँ राखेर तोकिए बमोजिम शब्द घटाउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4